झापा: ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा परि निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको सम्झनामा आज दमकमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

लायन्स क्लब, जेसिज, उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाको पहलमा स्वस्फूर्त रुपमा दमकस्थित गणतन्त्र चोकमा भेला भएका दमकवासीले मृतकहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका हुन् । सो श्रद्धाञ्जली सभामा उद्योग वाणिज्य संघ दमकका अध्यक्ष राजेन्द्र ढकाल, दमक जेसिजका अध्यक्ष भिमराज केसी, ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल शुब्बा तथा बिभिन्न राजनीतिक दलका स्थानीय नेता तथा दमकवासीको सहभागिता रहेको थियो ।

2C4A9969

करिब एक बर्ष अघि दमक नगरपालिकाका कार्यकारी प्रमुखका रुपमा रहेका र दमकमै जन्मिएका युवराज दाहालको पनि सो दुर्घटनामा ज्यान गएको थियो । सात जना चढेको हेलिकप्टर बुधबार ताप्लेजुङस्थित पाथिभरादेबीको मन्दिर दर्शन गरी काठमाण्डौ फर्कने क्रममा फुङलिङ नगरपालिकास्थित तारेभीरमा दुर्घटना भएर सातै जनाको ज्यान गएको थियो ।