धरान : शुक्रबार धरान उपमहानगरपालिका वडा नं. २० वंशिला बिष्णुपादुका स्थित श्री जन ज्योति आधारभुत विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थी बालबालिकाहरुलाई धरानका ब्रोदरहुड समुहका युवाहरुले शैक्षिक, खेलकुद तथा खाध्य सामाग्रीहरु प्रदान गरेका छन् ।

“सबैका लागि शिक्षा” हाम्रो साँझा अभियान अन्तर्गत धरानको उत्तर पश्चिम बिष्णुपादुका मन्दिर माथिको टाकुरामा अवस्थित विद्यालयका बालबालिकाहरुका लागि ब्रोदरहुड समुहले देउसी भैलो खेली प्राप्त गरेको दक्षिणा बाट रु २० हजार ५ र सन्तोष राईद्वारा रु ५००५ प्रदान गरेका थिए । उक्त समूहले बालकक्षा देखी कक्षा ५ सम्मका २२ जना विद्यार्थीहरुका लागि विभिन्न साइजका कपीहरु ५ सय ४० थान, कलर कपीहरु ७ थान, मैन कलर ७ थान, पेन्सिलहरु ४ सय थान, इरेजर ३ सय थान, शार्पनर २ सय थान, ज्यामिती बक्स ५ थान, प्राथमिक उपचार बक्स सियो धागो र टाँक बालकक्षाका बालबालिकाहरुका लागि वितरण गरेका थिए । त्यसैगरी खेलकुद सामाग्रीहरु, रिफ्रेश्मेन्टका लागि जुस बिस्कुट र मिठाइहरु बितरण गरिएका थिए ।

master

विद्यार्थीहरुको कक्षाका बिषय अनुसार शैक्षिक सामाग्रीहरु वितरण गरी सम्पूर्ण सामाग्रीहरु विद्यालयलाई हस्तान्तरण गरी आगामी दिनहरुमा विद्यार्थीहरुको शिक्षाका बिकासका लागि वितरण गरिने ब्रोदरहुड समूहले जानकारी दिए ।
त्यसैगरी विद्यार्थीहरु, शीक्षकशीक्षिकाहरु, व्यवस्थापन समितीका प्रतिनिधि र अभिभावकहरु माँझ बालबालिकाहरु माथि हुने यौन दुर्व्यवहार सम्बन्धी कार्टुन चित्र प्रदर्शन गरी उक्त बारेमा छलफल र अन्तरकृया कार्यक्रम समेत गरिएको थियो ।

तस्विरः सनम तामाङ