लहान: नेत्रहीन सङ्घ सिरहाले आज जिल्लाका ५० न्यून दृष्टियुक्तलाई सेतो छडी वितरण गरेको छ ।

सिरहाको गोलबजारमा आयोजित कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले नेत्रहीनलाई सेतो छडी वितरण गरीएको हो । न्यू भिजन ग्रुप कोरिया किमहे बुषण र गोलबजार नगरपालिकाको सहयोगमा जिल्लाका ५० नेत्रहीनलाई सेतो छडी वितरण गरेको सो संस्थाका प्रथम संयोजक हरि थपलियाले जानकारी दिए ।