भानुचौक : धरान १० स्थित यु. एन. स्कूलले विज्ञान तथा कला प्रदर्शनि कार्यक्रमको आयोजना गरी भब्यरुपमा रुपमा सम्पन्न गरेको छ ।

एक दिने उक्त प्रदर्शनी कार्यक्रममा प्रमुख अथिति धरान वडा न. १० का वडाध्यक्ष श्री प्रसाद लिम्बूू रहेका थिए ।
प्रमुख अथिति तथा वडाध्यक्ष लिम्बूूले रिबन काटेर कार्यक्रमको समुउद्घाटन गर ।

विद्यार्थीलाई पठन–पाठनमा किताबको मात्र ज्ञान नभई अतिरिक्त कृया–कलाप पनि उत्तिनै महत्वपूर्ण विषय भईसकेको आजको युगमा यु. एन. स्कूलले विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम गरेर विद्यार्थीहरुलाई आगामी दिनमा शिक्षाको क्षेत्रमा सब्बल र अब्बल बनाउँने खुड्किलो तयार पारेको छ ।
दैनिक जीवनमा हामीले जुनकुराहरु प्रयोग गरेर फाल्ने गर्छौ त्यहिँ फालिएको कुरालाई कसरि पुनः प्रयोगमा ल्याउँन सकिन्छ भन्ने ज्ञान पनि प्रदर्शनीमा फिजाईएको विषयवस्तुहरुले सजिलै पस्किरहेको थियो । विद्यार्थीहरुकै प्रत्यक्ष संलग्नतामा निर्माण गरिएका विभिन्न सिर्जनात्मक, कलात्मक सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको मूल उद्ेश्य भने विद्यार्थीहरुमा प्रयोगात्मक ज्ञान अभिवृद्धि साथै सैद्धान्तिक ज्ञानलाई व्यवहारमा ल्याउँन आजको विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम प्रस्तुत गरीएको भाईस् प्रिन्सिपल सुबानी राईले बताईन् । विज्ञान तथा कला प्रदर्शनी कार्यक्रमले यस स्कूलका मात्र नभएर यहाँ भिजिट गरेर विज्ञान तथा कला प्रदर्शनिबाट केहि ज्ञान हासिल गरेर जाने सम्पूर्ण विद्यार्थीहरुलाई आउँदो भविष्यको शैक्षिक क्षेत्रमा धेरै लाभ हुने स्कूलका प्रिन्सिपल स्वर्ण सम्बाहाम्फेले विचार व्यक्त गरेका थिए ।।