धरान:पुर्वको चर्चित पत्रिका ब्लाष्ट टाइम्स दैनिकको सम्पादकमा युवा पत्रकार गोपाल दाहाल नियुक्त भएका छन् । पुर्वक्षितिज प्रकाशन प्रालिले उनलाई पत्रिकाको सम्पादकमा नियुक्त गरेको हो ।

पत्रकार दाहाल हाल अन्नपुर्ण सम्पुर्णमा पनि समाचार संयोजककोरुपमा कार्यरत छन् । केही समयअघि राजधानीमा पनि पत्रकारिता गरेर दाहाल गृहनगर धरान फर्किएका थिए । डेढ दशकदेखि पत्रकारितामा सक्रिय दाहाल नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद पनि हुन् । उनी व्यवसायिक पत्रकारकोरुपमा परिचित छन् ।