धरान: किरात राई यायोक्खाको १० औँ राष्ट्रिय महाधिवेशनले दिवस राईको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । धरान ८ स्थित सभागृहमा मंगलबार मध्यरात कटेपछि अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

कार्यसमितिको ५ जना उपाध्यक्षमा टिकासरि राई, गेन राई, जिवन हाताचो राई, तिलक याम्फु राई र राकेश राई चयन भएका छन् भने महासचिवमा जनक राई चयन भएका छन् । यस्तै, दुई उप महासचिवमा भिम राई र शुभचन्द्र राई चयन भएका छन् । यसैगरि, सचिवमा दोर्प ध्वज राई, हेमन्तकुमार राई, कृष्ण कुमार राई, मातृका राई र अर्जुन कुमार राई पनि चयन भएका छन् ।

यसैगरि, कोषाध्यक्ष पदमा देवान राई, सह कोषाध्यक्षमा महेन्द्र राई र परशुराम राई चयन भएका छन् भने सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् । हिजो अध्यक्ष र कोषाध्यक्षबाहेक पदमा धेरै आकांक्षीहरु देखिएको थिए । अध्यक्ष र कोषाध्यक्षमा एक एक जनाले मात्र मनोनयन दर्ता गराए पनि अन्य पदहरुमा धेरैको मनोनयन परेको थियो । तर, निर्वाचन मण्डलसहितको नेतृत्वहरुले सर्वसम्मत गराउन अहम भुमिका खेलेका थिए ।

yayokha-adxa,-mahasachib

कुल ८१ सदस्यीय कार्यसमितिमा बाँकी सदस्यहरु भाषिक र भाृतसंस्थाहरुबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिले मनोनयन गर्नेछ । सबै पदाधिकारीहरु सर्वसम्मत चयन भएको नवनिवार्चित सचिव अर्जुनकुमार जम्नेली राईले जानकारी दिए । साथै, उनले नवनिवार्चित कार्यसमिति र धरान घोषणापत्रबारे आज बिहान ११ बजे यलम्बर स्मृति संग्राहलयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने पनि बताए । 

 
निवार्चित केन्द्रीय सदस्यहरुको नामावली:

सर्वधन राई
युवराज राई
नविन राई
दिलिप राई
कमला राई
मन्जु राई
खड्ग पुमा राई
ईन्द्रमान राई
अन्जना राई
कपिल राई
प्रेम नाछिरिङ्ग राई
तारा राई
नगेश चन्द्र राई
अश्मिका राई
किवाङ हाङ राई
बिमल किराती राई
राकेश चाम्लिङ राई
अनिता राई
बिमला राई
सुनिल राई
बिर्सिका राई
राजकुमार राई
मिना कुमारी राई रन्जु
मनोज राई
लिल म राज राई
रत्नादेवी राई
गणेशकुमार खालिङ राई