धरान: प्रदेश नं १ का इसाई धर्मलम्बीहरुको संस्था इसाई समाजको धरानमा सम्पन्न पाँचौ महाधिवेशनले इटहरीका विक्रम वर्णवास यक्तेनको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गरेको छ ।

फागुन २१ र २२ गते धरानमा सम्पन्न भएको महाधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि समिति चयन गरेको हो । समाजको उपाध्यक्षमा एनोश गजमेर, विकास राई र विनोद मुर्मु चयन भएका छन् भने महासचिवमा मेहरमान ह्यूज, सचिवमा भिक्टोर सुनुवार र पूर्ण सुनुवार निर्वाचित भएका छन् । यस्तै, कोषाध्यक्षमा जमुना खड्का, सहकोषाध्यक्षमा सुनिता श्रेष्ठ चयन भएका छन् । यसैगरी, सदस्यहरुमा राकेश चौधरी, कमला लिङ्देन, कुविरमान राई, डि.बी.राई, दानिएल भट्टराई, फिलिप श्रेष्ठ लगायतका छन् ।

महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी ५ सय भन्दा बढिको सहभागिता रहेको थियो । इसाई धर्मावलम्बीहरुको बृद्धि, विकासका साथै आपत विपद र विकास निर्माणमा सहकार्य गर्दै आएको नवनिर्वाचित अध्यक्ष यक्तेनले बताए । समाजले विभिन्न भातृ समाजहरु गठन गर्ने र असल कामहरु गर्ने पनि उनले बताए । समाजको महाधिवेशनमा प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल (शारदा) प्रमुख अतिथि रहेकी थिइन् । पूर्वमा मात्रै १५ सय भन्दा बढि चर्चहरु रहेको बताइन्छ ।