धरान: ८ मार्च अर्थात १०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार धरानमा महिलाहरुले वृहत कार्यक्रम गरी मनाएका छन् ।

८ मार्चको अवसरमा महिला सञ्जाल धरानको आयोजनामा वृहत र्याली साथै भानुचोकमा सभा कार्यक्रम आयोजना भएको थियो । पब्लिक हाइस्कुलको मैदानमा वृहत र्याली निस्केको थियो । सञ्जालमा आवद्ध तथा समुदायका विभिन्न महिला संघसंस्था तथा समुहहरु र्यालीमा सहभागिता थियो । सञ्जालमा ३७ संघसंस्था आवद्ध छन् । सञ्जालकी अध्यक्ष सविता राईको अध्यक्षता र प्रतिनिधि सभा सदस्य सांसद डा.डिला संग्रौलाको प्रमुख आतिथ्यमा भानुचोकको सभा आयोजना भएको थियो ।

IMG_2174

र्याली छाताचोक, महेन्द्र पथ हुदै भानुचोकमा कार्यक्रमस्थलमा पुगेको थियो । र्यालीको क्रममा महिलाहरुले विभिन्न नाराहरु लगाएका थिए भने जनचेतनामुलक प्ले कार्ड पनि बोकेका थिए । आयोजक सञ्जालले र्यालीमा सहभागी संघसंस्थाहरुलाई उत्कृष्ट घोषणा गरी पुरस्कृत पनि गर्दै आएको छ । यस बर्ष पनि वडा नं १४ को र्याली उत्कृष्ट भयो भने क्रमशः कौडिन्य गोत्र आचार्य समुह दोस्रो र समर्पण अभियान धरान तेस्रो भएको थियो ।

IMG_2188

सभालाई प्रमुख अतिथि सांसद संग्रौला, प्रदेश सांसद उमिता बराइली, धरान उपमहागरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, नेकपाका नेताद्धय अइन्द्रबिक्रम बेघा, राजमणी निरौला, कांग्रेसका नगरसभापति तिलक राईलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चेतना सेरेङले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव कोपिला भटराईले कार्यक्रम सञ्चालन गरेकी थिइने । सोही कार्यक्रममा केही दिनअघि ८ मार्चकै अवसरमा आयोजित वत्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा धरान ६ की संगीता बराल प्रथम, रधान १६ की जयन्ती हुमागाई दोस्रो, धरान १७ की सुशान्त राई तेस्रो र धरान १५ की लिला ढकालले सान्त्वना पुरस्कार राई । उनीहरुले नगद क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक हजार पनि पाए ।

IMG_2196 IMG_2189 IMG_2208 IMG_2199 IMG_2224

IMG_2259