इनरुवा: सुनसरीको सदरमुकाम इनरुवामा १०९ औं अन्तर्रा्ष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँएको छ ।

यस वर्षको महिला दिवसको नारा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ दिइएको छ । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना गरिएको छ । दिवसका अवसरमा शुक्रवार इनरुवामा समुदाय–प्रहरी साझेदारी सुनसरी जिल्ला समितिको आयोजनामा प्रभातफेरी कार्यक्रम गरेको छ । सुनसरीको गाउँपालिका र नगरपालिकामा शुक्रवार विविध कार्यक्रम गरी अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । श्रमिक महिला दिवसमा पनि निजि क्षेत्रमा काम गर्ने महिलाहरुले विदा नपाएको गुनासो गरेका छन् ।

FB_IMG_1552033522515

अखिल नेपाल श्रमिक महिला संघ सुनसरीकी संयोजक मञ्जु गुरागाइले निजि क्षेत्र, मोरङ–सुनसरीका अधिकांस उद्योग कल कारखाना लगायतमा काम गर्ने महिलाहरुले विदा नपाएको,पुरुष सरह समान ज्याला न पाएको, विभेद गरेको गुनासो गरेको जानकारी दिइन् । महिला अधिकारकर्मी र सरोकारवालाहरुले यस बिषयमा ध्यान न पुर्याउँदा श्रमिक महिला दिवस नारा र प्रभातफेरीमै सिमित भएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर श्रमिक महिला दिवस मनाउने प्रचलन छ ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्रा्ष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।