काठमाडौं : रिपोर्टर्स क्लब नेपाल र प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा पत्रकार ऋषि धमला चढेको कार दुर्घटनामा परेको छ ।

रानीबारीस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा उनको कार लैनचौरमा दुर्घटनामा परेको हो । आइतबार बिहान करिब पौने ६ बजे विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई धमलाको कारमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार तीनजना र कारचालक घाइते भएका छन्। कारचालक नारायण गौतमको हातमा चोट लागेको छ भने मोटरसाइकलमा सवार तीनैजनाको खुट्टामा चोट लागेको छ । पत्रकार धमलाको अवस्था सामान्य रहेको पत्रकार प्रेम थापाले जानकारी दिए । दुर्घटनामा परेको मोटरसाइकलमा क्षति पुगेको छ ।