पथरी: मोरङको पथरी शनिश्चरेस्थित लायन्स क्लब अफ पथरीको आयोजना र पञ्चायत माविको सहकार्यमा २ दिने निःशुल्क आँखा शिविर आइतबारदेखि शुरु भएको छ ।

पञ्चायत माविका विद्यार्थीका लागि आयोजना गरिएको शिविरको १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देनले उद्घाटन गरेका थिए । शिविरको पहिलो दिन आइतवार २ सय ५० जना विद्यार्थीको आँखा जाँच गरिएको छ । पाथीभरा चश्मा घर दमकको प्राविधिक सहयोगमा स्वास्थ्यकर्मी प्रवीण क्षेत्रीको अगुवाईको प्राविधिक टोलीले आँखा जाँच गरेको हो ।

lions-sivir-(1)

शिविरमा आँखा जाँचसँगै औषधी र चश्मासमेत निःशुल्क वितरण गरिएको लायन्स क्लब अफ पथरीका सचिव रोशन बुढाथोकीले जानकारी दिए । पहिलो दिन शिविरमा ६० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।