काँकाडभिट्टा : पूर्वी नेपालको सीमाक्षेत्र काँकाडभिट्टाका होटलमा यौनधन्दामा संलग्नलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।

यो घटनाले यौनधन्दा फष्टाउादै गएको पुष्टि गरेको छ । यसअघि पनि प्रहरीले पटक–पटक यो क्षेत्रबाट यौनधन्दामा संलग्न जोडीलाई पक्राउ गर्दै आएको थियो । काँकाडभिट्टाका होटलहरुमा दिउँसै यौनधन्दामा संलग्नलाई पक्राउ गरेको छ । आइतबार प्रहरीले तीन जोडीलाई रंगेहात पक्राउ गरेको दावी गरेको छ । इलाका प्रहरी कार्यालय काँकाडभिट्टाबाट खटिएको टोलीले आदर्श होटलमा छापा मार्दा आपत्तिजनक अवस्थामा ३ जोडीलाई पक्राउ गरिएको इप्रका काँकाडभिट्टाका डिएसपी महेश थापाले बताए ।

मेचीनगर ३ का २६ वर्षीय शिवकुमार शर्मा, मेचीनगर ६ का ३० वर्षीय दिलु गौतम, मेचीनगर ६ का २७ वर्षीय विकास भट्टराईलाई नियन्त्रणमा लिएको हो । प्रहरीले युवतीको नाम गोप्य राखेको छ । मेचीनगर २, दमक ७ र मेचीनगर ३ की युवतीलाई युवाहरुको साथबाट नियन्त्रणमा लिई मुद्दा चलाएको छ । त्यसैक्रममा होटल सञ्चालिका निर्मला मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

–ब्लाष्ट टाइम्स दैनिकबाट