सुनसरी:इटहरीमा एसइइको झल्को आउने गरि आठ कक्षाको परीक्षा सुरु भएको छ । इटहरीका सवै विद्यालयको नगरस्तरीय परीक्षा सुरु भएको हो ।

इटहरी उपमहानगरले संयोजन गरेर संस्थागत तथा सामुदायिकको एकै प्रश्न पत्रमा परीक्षा गराएको हो । इटहरी उमहानगर शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाका अनुसार ९६ विद्यालयका ३ हजार ४ सय ६ जना विद्यार्थीले १४ वटा केन्द्रमा परीक्षा दिदै छन ।

परीक्षा संचालन उपसमितिले प्रश्न पत्र तयार गरेको थियो भने उत्तरपुस्तिका पनि उपमहानगरमै राखेर जाँच गरिने छ ।
कोडिङ्ग गरेर प्रश्न पत्र काटिने बताइएको छ । परीक्षालाई मर्यादित र ब्यवस्थित वनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, ब्यवस्थापक र सहयोगी गरी २ सय जना खटाइएको छ ।