धरान:संघीय समाजवादी फोरम नेपालको महिला भगिनी संगठन संघीय समाजवादी महिला फोरमको धरान अध्यक्षमा ममता वान्तवा राई चुनिएकी छिन् ।

धरान १५ स्थित चुम्लुङ हिममा सम्पन्न पहिलो अधिवेशनले राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमला राई, सचिवमा लक्ष्मी राई, सहसचिवमा कल्पना राई र कोषाध्यक्षमा दिलकुमारी राई पनि सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरुमा चन्द्रकला लिम्बू, प्रमिला बिक, निशा राई, रुपालक्ष्मी भुजेल, ज्योति शेर्पा, सानू ल्वागुन, दिलकुमारी राई, मिना राई, कमला मोक्तान, दिलमाया तामाङ, पन्चमाया बिक, तुलसी राई, ललिता लिम्बू, प्रेमकुमारी सुनुवार, टीका शंकर र बिना तामाङ रहेका छ्न् ।

संघीय समाजवादी महिला फोरम १ नम्बर प्रदेश तदर्थ समितिकी अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य निर्मला तावाको प्रमुख आतिथ्यमा नगर अधिवेशन भएको थियो । अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य तथा संघीय समाजवादी महिला फोरम सुनसरी इन्चार्ज गायत्री आलेमगर, फोरम केन्द्रीय सदस्य भिम राई, किरात राज्यसमिती सदस्य शुभचन्द्र राई, लिम्बुवान राज्य समिति सदस्य कृष्ण लिम्बू, नगर कार्यवाहक अध्यक्ष बिना पुमा राई,लगायतको उपस्थिति रहेको थियो । नव निर्वाचित समितिलाई महिला फोरम प्रदेश १ की कोषाध्यक्ष कमला सुब्बाले सपथ गराएकी थिइन् ।