धरान (डेस्क) : आगामी चैत्र २ गत्ते खोटाङको सदरमुकाम दिक्तेलमा संघिय समाजवादी फोरमको प्रथम नगर अधिवेशन हुने भएको छ ।

‘यही चैत्र २ गते दिक्तेल बजार जाऔँ ससफो, नेपाल दिरुमनपाको प्रथम नगर अधिवेशन सफल पारौँ’ नाराका साथ आयोजना हुन लागेको संघिय समाजवादी फोरम नेपाल आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङले जानकारी दिएको छ ।

संघिय संसद फोरम नेपालको केन्द्रिय सचिव तथा शहरी विकास मन्त्री मो. इस्तियाक राईको प्रमुख आतिथ्यतामा आयोजकले जनाएको छ । साथै विषेश अथितिहरुमा संघिय समाजवादी फोरम प्रदेश नं. १ का अध्यक्ष भुपेन्द्र नेम्बाङ र केन्द्रिय सदस्य लिला सिटौला उपस्थिति रहने आयोजकले जनाएको छ ।