धरान: नेत्रबिक्रम चन्द विप्लवको नेतृत्व रहेको नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा आज नेपाल बन्दको प्रभाव धरानमा पनि देखिएको छ ।
धरान बजारको पसलहरु विस्तारै खुल्दै गएको छ भने नगरभित्र चल्ने टेम्पो, सफारीलगायतकका साना सवारीसाधनहरु पनि निर्वाध चलेका छन् । तर, लामो दुरीमा चल्ने गाडीहरु आज ठप्प छ । धरानमा सञ्चालनमा रहेको सैनिक र प्रहरी विद्यालय खुलेपछि अन्य शैक्षिक संस्थाहरु पनि आज बन्द भएका छन् ।

देशका अन्य भागहरुमा पनि विप्लवको बन्दको प्रभाव परेको छ । कतिपय स्थानमा आज बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ । आफ्ना नेता, कार्यकर्ताहरुलाई जथाभावी धरपकड गरेको भन्दै विप्लव नेतृत्वको पार्टीले आज बन्द आह्वान गरेको हो । एक साता अघि विप्लवको कविलवस्तुस्थित गाउँमा प्रहरीले सर्च गरेर हतियार र नेता समातेको थियो । यस्तै, सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएको छ भने हतियारसहित कोही भेटिए गोली हान्ने आदेशसमेत सुरक्षानिकायलाई दिएको छ ।

Banda-1 banda-2