धरान(डेस्क): पुर्वपश्चिम राजमार्गअन्र्तगत मोरङको बेलबारी ८ मा राखिएको प्रेसर कुकर बमलाई डिस्पोज गरिएको छ ।

नेपाली सेनाको डिस्पोजल टोलीले केहीबेर अघि कुकर बमलाई डिस्पोज गरेको हो । चिसाङ खोलादेखि करिब सय मिटर पश्चिम राजमार्ग बीचमा राखिएको बमको कारण यातायात अवरुद्ध भएको थियो । नेत्रबिक्रम चन्द्र विप्लवको बन्द आह्वानको कारण आज लामो दुरीका सवारीसाधान चलेका थिएनन् ।

कुकर बम डिस्पोज भएपछि राजमार्ग खुलेको र सवारी आवागमन सचारु भएको इलाका प्रहरी कार्यालय बेलाबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए । 'सेनाले कुकर बमजस्तो देखिने वस्तुलाई डिस्पोज गरिसक्यो, अहिले यातायात पनि सुचारु भएको छ,'उनले भने ।