धरान: संखुवासभाबाट धरान आएर कर्मक्षेत्र बनाएर बसोबास गरिरहेका विभिन्न क्षेत्रका व्यक्तिहरु मिलेर धरान सखुवासभा सरोकार समाज गठन गरेका छन् ।

आज शनिबार धरानमा भेला भएर मिङमा भोटेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समाजको उपाध्यक्षमा अन्जना राई, सविचमा ईन्द्र नेपाल योन्जन, सहसचिवमा मोनालिसा श्रेष्ठ र कोषाध्यक्षमा अनिता गुरुङ चयन भएका छन् । यस्तै, सदस्यहरुमा बालजित राई, राजेन्द्र खड्का , शान्तिराम राई, बिनोद राई, भोजराज कोईराला, रोशन बिक र यादब सुवेदी रहेका छन् ।

समाजले सखुवासभाबाट आई धरानमा बसोबास गरेका सखुवासभाबासीहरुलाई सगठित गर्ने र सामाजिक लोककल्याणकारी काम गर्ने उद्देश्यले समाज गठन गरिएको अध्यक्ष मिङमा भोटेले बताए । समाजले यहि चैत्र १६ गते धरानमा बसोबास गर्ने सखुवासभाबासीहरुको बृहत भेला तथा परिचयात्मक कार्यक्रम गर्ने उनले जानकारी दिए ।