धरान : समाजवादी विद्यार्थी फोरम महेन्द्र क्याम्पस इकाई समितिले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा कानुन संकाय तर्फबाट प्रवेश चौलागाईं, ममता लिम्बु, सरोज आचार्य प्रथम भएका छन् । दोस्रोमा बिबिए तर्फबाट शंखर लिम्बू, अबिना भण्डारी, पुष्पा रिजाल भएका हुन् भने शिक्षा संकायबाट कुबिर लिम्बू, बिना राई र नइन्द्र राई तेस्रो भएको स्ववियु सभापति सरगम सागर चेम्जोङले जानकारी दिए । विजेता समूहले नगद पुरस्कार राशी क्रमश पाँच हजार, तीन हजार र दुई हजार प्राप्त गरेका छन् । पुरस्कारलाई अमेरिका निवासी लोक चेम्जोङ, लिला राई र भिआर्सिका प्रोप्राइटर मदन तामाङले प्रायोजन गरेको जनाएको छ भने कार्यक्रमलाई जापानमा रहेका शिशिर निङ्लेकुले प्रायोजन गरेको हो । महेन्द्र क्याम्पसमा यहि पुरस्कार राशिको नै पहिलो प्रतियोगिता भएको कुरा सभापति चेम्जोङले जनाए । समाजवादी विद्यार्थी फोरमको मासिक क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ गराएको जनाएको छ । प्रतियोगितामा जम्मा ४० समुहले भाग लिएका थिए भने दोस्रो चरणमा १५ समुहबाट विजेता घोषित गरिएको हो।

समापन कार्यक्रम समाजवादी फोरम सुनसरीका सचिव सुमन राई थिए भने संघीय समाजवादी फोरमका वैकल्पिक केन्द्रिय सदस्य जेन्टल लावतिको उपस्थिती रहेका थिए । इकाई अध्यक्ष उदिप लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो ।