पथरी: किरात राई खेलकुद संघ मोरङ्गकी अध्यक्ष निता राई माथी राजनितीक प्रतिशोध साध्न विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको किरात राई खेलकुद संघले जनाएको छ ।

मंगलवार पथरीमा पत्रकार सम्मेलन गरेर केही अनलाइनले राईको चरित्रमाथि प्रहार गर्ने गरी समाचार प्रकाशित गरेकोमा ध्यानार्कषण भएको समेत जनाएको छ । पत्रकार सम्मेलनमा विपरीत विज्ञप्तिमा भनिएको छ,‘किरात राई खेलकुद संघले आयोजना गरेको जिल्ला स्तरिय महिला भलिवल प्रतियोगिताको वारेमा केही संञ्चारमाध्यमले अध्यक्ष राई माथी राजनितीक प्रतिशोध साध्न विभिन्न अर्नागल प्रचार गरेकोले सोको प्रतिवाद गर्दै भत्र्सना गरिएको छ ।’

जिल्लाका ६ वटा कलेज समावेश हुने भनिए पनि विप्लव समुहको वन्दका कारण उर्लावारी वहुमुखी क्याम्पस र पथरी वहुमुखी क्याम्पस मात्र समावेस भए पछि आयोजकले प्रतियोगीतालाई उत्साह ल्याउन पथरीकै २ निजी प्लसु टु स्कुललाई समावेश गराएर प्रतियोगिता गराएको थियो । प्रतियोगिताको तयारी सवै पुरा भएकाले प्रतियोगिता रोक्न नसकेको आयोजकको भनाइ थियो । सोही विषयलाई लिएर केही अनलाईन मिडियाले अध्यक्ष राईले रकम हिनामिना गरेको समाचार प्रकाशित गरेको र सो समाचारमा सत्यता नभएको संघका सचिव सन्तोष राईले बताए ।

प्रतियोगितामा ८३ हजार ७ सय खर्च भएको र विभिन्न संघ सस्था र व्यक्तिवाट ६९हजार रुपया संकलन गरेको समेत आयोजकले जनाएका छन् । पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष राईले आफु पथरी वहुमुखी क्याम्पसको स्ववियु उपसभापति समेत भएकोले केही पत्रकारले राजनीतिक प्रतिशोध साध्न आफुविरुद्ध निरन्तर कपोकल्पित समाचार प्रकाशित गरेको वताईन् । अनलाइन मिडियाको दुरुपयोग गरी आफु विरुद्ध समाचार प्रकाशित गरेको र ती प्रकाशित समाचारले मानसिक तनाव भोग्नु परेको राईको भनाइ थियो । मान मर्दन गर्ने काम गर्ने सन्चारमाध्यमलाई कारवाहीका लागि सम्वन्धित निकायमा जाने राईको भनाइ छ ।