राजविराज : संघीय सांसद रेशमलाल चौधरीको पक्षमा सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने चेतावनी थारु अगुवाहरुले दिएका छन् ।

सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै थारु अगुवाहरुले उक्त चेतावनी दिएका हुन् । पुर्पक्षका लागी थुनामै रहेका बेला संघीय संसद सदस्य पदको शपथ लिएका चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय ताकेपछि आक्रोशित बनेका थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने तयारी गरेका छन् । -नागरिक पूर्वेलीबाट