सुनसरी:सरकारले विप्लव नेतृत्वको कम्युनिष्ट पार्र्टीलाई प्रतिबन्ध लगाएसँगै नेता, कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
यसैक्रममा प्रहरीले मंगलबार सुनसरीको इटहरी ४ बाट जिल्ला सदस्य रमेश खड्कालाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार खड्काको स्थायी घर मोरङको मोतिपुर हो, तर उनी इटहरी ५ मा बस्दै आएका थिए । पुर्वमाओवादी लडाकु पनि रहेका उनको उपनाम सुर्य भएको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्काको बारेमा प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ । खड्कका पार्टीको काममा मोरङ र धनकुटामा पनि सक्रिय रहेका थिए ।

केही दिनयता विप्लवका नेता, कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । हिंसात्मक गतिविधि शुरु भएपछि सरकारले विप्लव नेतृत्वको पार्टीको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि, प्रहरीले नेता, कार्यकर्ताहरुमाथि कडा निगरानी राख्दै पक्राउ गर्न थालेको छ । आइतबार साँझ मात्र मोरङको कानेपोखरी ४ स्थित गाउँबाट कोशी ब्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र ब्यूरो सदस्य माधव गौतमलाई प्रहरीले समातेर धरान ल्याएको छ । उनीहरुलाई संगठित अपराधसँग हातहतियार तथा खरखजना मुद्दामा अदालतबाट प्रहरीले म्याद थप गरेकोछ ।

तस्बिर:नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लव