इटहरी : जनप्रतिनिधि आएसँगै आम मानिसमा अब विकासको काम तीब्रगतिमा अघि बढ्छ भन्ने उत्साह छायो । तर, अहिले त्यो उत्साह सेलाउदै गएको छ ।

बेला बेला जनप्रतिनिधिहरु चर्चा कमाउन आश्वासन बाड्छन्, हतारिएर प्रतिवद्धता जनाउछन् । तर, पुरा भने गर्दैनन् । यस्तै, प्रतिवद्धताको इटहरीमा चर्चामा थियो । अहिले पुरा नहुदा पनि चर्चामा छ । गएको कात्तिक भित्रमा इटहरीमा रात्रीकालीन बजार लगाउने इटहरीकी उपप्रमुख लक्ष्मी गौतमको उद्घोष सँगै यहाँका व्यापारीहरु खुशी थिए । पत्रकार सम्मेलनमा उपप्रमुख लक्ष्मी गौतमले भनेकी थिईन्, ‘विगतमा हामीले जनतालाई धेरै ढाट्यौँ, अब काम गर्छौ ।’ उनको यो भनाईले ताली पायो । तर अहिलेसम्म पुरा भएको छैन ।

यस्तै, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी पनि बेला बेला चर्चामा आईरहन्छन् । उनले कहि पाँच बर्ष भित्र इटहरीका सबै सडक पिच हुन्छ भने त कही इटहरीमा चाडै नगर बस सञ्चालन गछौ भने । इटहरीकी उपप्रमुख गौतम कार्तिकभित्र रात्री बजार लगाउनेबारे समिति निर्माण भएर काम भईरहेको बताउँछिन् । अध्ययन विना बोलेको स्वीकार गर्दै उनले भनिन्,‘रात्रीकालीन बजार लगाउनका लागि अहिले सडकको काम भईरहेको छ ।’ उनले नयाँ बर्षमा उद्घाटन गर्ने लक्ष्य लिइएको भएपनि सबै अध्ययन गरेर मात्रै कहिले लगाउने भन्न सकिने बताइन् ।

रात्री बजारलाई व्यवस्थित बनाउन अध्ययन गरेर काम गर्ने उनको भनाई छ । इटहरीमा राती ९ देखि १० बजे भित्रै प्रहरीले बजार, पसल बन्द गराउने व्यवसायीहरु गुनासो गर्छन् । इटहरीमा होटल व्यबसाय राती अबेरसम्म सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ ।