जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुर श्रम तथा रोजगार कार्यालयमा बुधबार छड्के अनुगमन गरेका छन् ।

कार्यालयमा भइरहेको बेथिति र सेवाग्राहीले भोगेको समस्या न्यूनिकरण गर्न पुगेको मन्त्री यादवलाई सेवाग्राहीले कार्यालयको अवस्थाबारे बताएका थिए । सेवाग्राहीले राहदानी, टिकेट, श्रमका लागि भरेको अनलाइन फारमलगायत कार्यालयको बेथिति, कर्मचारीको लापरबाही, बिचौलियाकले मागेको घुसलगायतका पीडाबारे बताउँदै सुधार गर्न आग्रह गरेका थिए । विभिन्न काम लिएर कार्यालय पुगेका सेवाग्राहीले भोगेको समस्या र सास्तीबारे मन्त्रीलाई सुनाउँदै कार्यालयका प्रमुख मनोज यादव र कार्यालयका अपरेटर सरोज यादवले सेवाग्राहीलाई कुटपिट गरेको बताएका थिए ।  –नागरिक पूर्वेली दैनिकबाट