विराटनगर:मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं १ को सम्पन्न अधिवेशनले हरिशङ्करप्रसाद साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

दुई दिने अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको सङ्घीय प्रेस फोरम नेपाल जिल्ला कार्यसमितिद्वारा आज आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । समितिका उपाध्यक्षमा सुरेशकुमार पण्डित, मञ्जु यादव, मनोजकुमार यादव, रामनारायण शर्मा र गिरधारीप्रसाद साह हुनुहुन्छ भने मुख्य सचिवमा शिवनारायण यादव, सचिवमा अजय मण्डल र रामानन्दप्रसाद गुप्ता तथा र कोषाध्यक्षमा रामअवतार यादव हुन् ।

यस्तै सदस्यहरुमा हरिनारायण यादव, रवीन्द्रकुमार महतो, रेणुका चौधरी, कञ्चन ठाकुर र सुरेश महतोलाई चयन गरिएको छ । सो अवसरमा अध्यक्ष साहले सरकारले गरेको कर्मचारी समायोजनामा स्वास्थ्यकर्मीलाई तह घटुवा गरेको आरोप लगाउँदै यसलाई अविलम्ब सच्चाउनुपर्ने बताए । स्वास्थ्यकर्मी फोरमका केन्द्रीय महासचिव कृष्णलाल यादवले कर्मचारी समायोजनामा स्वास्थ्यका कर्मचारीलाई विभेद् गरिएको भन्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।