धरान: नेपाल पत्रकार संघलाई महासंघ बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवसमा सुनसरी शाखालाई सम्मान गरेको छ ।

महासंघले राजधानीमा आयोजित ६४ औं स्थापना दिवसको अवसरमा सुनसरी शाखालाई सम्मान गरेको हो । यो सम्मानसँगै अब पत्रकार महासंघ सुनसरी शाखाको नाम महासंघको विभिन्न दस्तावेजहरुमा उल्लेख गरिनेछ । सुनसरी शाखाको गएको साधारणसभामा पनि यो एजेण्डालाई प्रमुखरुपमा उठाएका थिए । उक्त साधारणसभाले सुनसरी शाखालाई संघबाट महासंघ बनाउने शाखाकोरुपमा घोषणा गराउन पहल गर्ने प्रस्ताव पारित गरेको थियो ।

fnjs

सुनसरी शाखाको व्यवस्थापनमा २०५३ जेठ २८ र २९ गते धरानको हात्तिसार क्याम्पसको हलमा भएको विधान सभाले पत्रकार संघलाई महासंघ बनाएको थियो । राजधानीमा आयोजित समारोहका शाखाको तर्फबाट अध्यक्ष अमर खड्काले सम्मान पत्र ग्रहण गरेका थिए । ‘पत्रकार महासंघको दस्तावेजहरुमा पत्रकार संघलाई महासंघ बनाउन भुमिका खेल्ने सुनसरी शाखाको योगदान कहिल्यै छुट््दैन, यो इतिहास दस्तावेजीकरण भएको छ,’अध्यक्ष खड्काले भने ।