धरान: धरान–१२ स्थित ब्लजम मन्टेश्वरीका विद्यार्थीहरु शुक्रबार दिक्षित भएका छन् ।

धरान–१९ स्थित ब्रिटिश गोरखा सामुदायिक हलमा मन्टेवरीले १४ औं अभिभावक दिवससमेत मनाउदै २५ जना विद्यार्थीलाई दिक्षित गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं एनप्याब्सनका प्रदेश १ का अध्यक्ष जयबहादुर श्रेष्ठले दिक्षित गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, नाटक तथा फेसन परेड देखाएको मन्टेश्वरीका निर्देशक सुमन जबेगुले जानकारी दिए ।

ब्लजम मन्टेश्वरीको बारेमा मन्टेश्वरीका सञ्चालक तथा सल्लाहकार राजेन्द्र गुरुङले प्रष्ट पारेका थिए । कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा मन्टेश्वरीकी प्रिन्सिपल टिना कटवाल गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको अध्यक्षता मन्टेश्वरीका सञ्चालक तथा निर्देशक सुमन जबेगुले गरेका थिए ।