इटहरी: राष्ट्रपति विद्यादेवी भण्डारीले साँस्कृतिक सम्पदाले स्थानीय मानिसको जीवन सुदृढ हुने बताएकी छिन् ।

इटहरीमा आईतबार आयोजित अन्तराष्ट्रिय महामहोत्सव श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति भण्ण्डारीले सो कुरा बताएकी हुन् । ‘सांस्कृतिक सम्पदाले यो क्षेत्रको गौरव मात्र हैन, यहाँका स्थानीय जनसमुदायको जीवन पनि सुदृढ र सुखी हुन्छ,’राष्ट्रपति भण्डारीले भनिन्,‘यस्ता रचनात्मक गतिविधि हुँदै जानु सह्रानीय छ ।’

उनले इटहरी औद्योगिक नगरको रुपमा बिस्तार हुँदै गएको बताउँदै यस्ता सुविधायुक्त र सांस्कृतिक सम्पदाले जनसेवामा ठूलो सहयोग पुर्याउने विश्वास ब्यक्त गरिन् । ‘नेपालको पहिचानलाई विश्वमा स्थापित गर्न सघाउ पुर्याउने भएकाले यस्ता कार्यक्रमको आयोजना भईरहनुपर्छ,’ उनले भनिन्,‘प्रदेश १ युगौदेखि कला र साँस्कृतिक क्षेत्रको रुपमा अब्बल छ ।’ यसको उचित संरक्षण र प्रबर्धनका निम्ति सम्बन्धित पक्षको ध्यान जानु आवश्यक रहेको बताउँदै यहाँ बृक्षारोपण र बगैँचा निर्माण गर्नुपर्ने उनले बताईन् । ‘भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री हुन पनि आवश्यक छ,’ उनले भनिन्, ‘पर्याबरणीय सन्तुलन कायम राख्न पनि ध्यान दिनुपर्ने हुन्छ ।’

20190407_134253

धर्मशाला, क्रियापुत्री भवन समेत यहीँ रहेकाले जनसेवामा ठुलो टेवा पुर्याउने बताउँदै यहाँ धार्मिक पर्यटनको पनि बिकास हुने उनले बताईन् । ‘पर्यटकीय सुविधाका हिसाबमा सम्बन्धित निकायको ध्यान पुग्ने अपे्रक्षा लिएको छु, हाम्रो मौलिक पहिचानले बिश्वमा स्थापित गर्न महत्वपूर्ण सहयोग पुग्नेछ,’भण्डारीले भनिन् । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले र्धमको प्रचार मात्रै नभएर मानवीय सेवामा पनि टेवा पुग्ने बताए । उनले भने,‘यो कार्यक्रमले धर्मको प्रचार मात्रै भएको छैन, मानवीय सेवामा पनि निहीत कार्यक्रम भएको छ ।’

प्रदेश सरकारले पनि प्रणामी मन्दिरलाई विशेष महत्वका साथ हेरेको बताउँदै राईले मानवीय सेवाको थालनी हुनु् अनुकरणीय रहेको बताए । महिला तथा बालबालिका मन्त्री थममाया थापा, संघीय मामिला मन्त्री लालबाबु पण्डित प्रदेश १ का प्रमुख प्रा. डा गोविन्द तुम्बाहाम्फे लगायतले शुभकामना मन्तब्य राख्दै धार्मिक हिसाबले पछिल्ला दिनहरुमा शंका उपशंका उब्जिरहेका बेला आस्था र सेवाको भावले यस्ता कार्यक्रम हुनु सह्रानीय रहेको बताए । ‘संघीय सरकारले बुढीखोलामा आउने बाढीबाट हुने क्षतिको नियन्त्रणका लागि डिपिआर तयार गरिरहेको छ,’ संघीय मामिला मन्त्री पण्डितले भने ।

सोही कार्यक्रमको अवसर पारेर मुल आयोजक समितिका अध्यक्ष हेम प्रसाद घिमिरे, राधादेवी भण्डारी, भीम पौडेल र शान्त कृष्ण दास महाराजलाई मन्दिर निर्माण गर्नका लागि महत्वपूर्ण टेवा पुर्याएको भन्द्यै राष्ट्रपति भण्डारीले खादा ओढाएर सम्मान पत्रले सम्मान समेत गरिएको थियो । उक्त मन्दिर करीब ७ करोड लागतमा निर्माण गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।