सुनसरी:इटहरीका सरकारी विद्यालयको गतिविधि अव हातैमा हेर्न सकिने भएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आफ्नै कार्यकक्षमा विद्यालयको गतिविधि अवलोकन गर्ने पद्दतीको उदघाटन गरेका छन् ।

इटहरीका सरकारी माध्ममिक विद्यालयहरुमा सीसी टिभी जडान गरि मेयर चौधरीको कार्यकक्षवाट सवै विद्यालयका गतिविधि हेर्न सकिने पद्दतीको उद्घाटन गरेका हुन् । इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख भूपेन्द्र कोइरालाका अनुसार मेयर उपमेयरको कार्यकक्ष,सम्वन्धित विद्यालय रहेको वडाध्यक्ष र सरोकारवालाले टेलिजिनको स्क्रिन वा मोवाइलबाटै पनि विद्यालयको गतिविधिहरु हेर्न सकिने छ ।

itari-cctv

सरकारी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दुरअवलोकन पद्दती जडान गरिएको हो । यो वर्ष माध्यमिक विद्यालयमा यो पद्दती जडान गरिएको हो । अर्को बर्ष आठ कक्षासम्मका विद्यालयमा जडान हुनेछ भने तेश्रो वर्ष इटहरीका सवै विद्यालयमा यो पद्दती जडान गरेर हातैबाट इटहरीका विद्यालयहरुको अनुगमन गर्ने व्यवस्था गरिएको हो । यो पद्दतीवाट शिक्षकको हाजिरी समेत हेर्न सकिने छ ।

शिक्षक नियमित उपस्थित भए नभएको, पूरा समय शिक्षणमा विताए नबिताएकोबारेमा जनप्रतिनिधिहरुले डिजिटल अनुगमन गर्न थालिएपछि शैक्षिक गुणस्तर वृद्धिमा ठूलो सहयोग पुग्ने शैक्षिक महाशाखा प्रमुख कोइरालाको विश्वास छ । अनुगमन गर्न विद्यालय जानु पर्ने समय पनि वचत हुने भएको छ ।