इटहरी:जीपी फाउण्डेसनले इटहरीमा शनिबार बिशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै जीपी फाउण्डेसन प्रदेश १ की संयोजक इन्दिरा थापाले देशैभरी जीपी फाउण्डेसनको स्थापना भएको र यो संस्था सक्रिय रहनका लागि विविध कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिईन् । पूर्वप्रधानमन्त्री समेत रहेका स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको फाउण्डेसनले इटहरीको रिजाल्स भिजन पार्टी प्यालेसमा तीन कोईरालालाई एकै ठाउँमा ल्याएर कार्यक्रम गर्न लागेको थापाले बताईन् । आगामी दिनमा फाउण्डेसनले शालिक निमार्ण, जीपी कोईराला पार्क निमार्ण, धनकुटामा जी.पी कोईराला भलिवल प्रतियोगिता सँगै विराटनगरमा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने उनको भनाई थियो ।

कार्यक्रममा डा.शंशाक कोईराला, डा. शेखर कोईराला र सुजाता कोईराला सँगै कांग्रेसका उपसभापति विजय गच्छदार र रामशरण महतसँगको अन्तक्रिया कार्यक्रम हुनेछ । साथै जीपी फाउण्डेसन सुनसरीको पदस्थापन कार्यक्रम रहेको सुनसरीका सह–संयोजक सूर्य राईले बताए । इटहरीमा हुन लागेको उक्त कार्यक्रम भव्यरुपमा सम्पन्न गर्नका लागि आँफूहरु सक्रिय रहेकाले आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जाने फाउण्डेसन सुनसरीका सदस्य तथा नेविसंघका जिल्ला सचिव नवीन कटवालले बताए ।