धरान: प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले नयाँ बर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना सन्देश दिएका छन् ।

सभामुख भण्डारीले आज शुभकामना सन्देशमार्फत नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घाय, भातृत्व र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् । नयाँ बर्षको प्रारम्भसँगै नेपालीहरुबीचको एकता, भातृत्व, सद्भाव अझ कसिलो बन्दै राष्ट्रको अखण्डता, राष्ट्रियता तथा विकास र समृतिको पक्षमा साझा लक्ष्यका साथ अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने सभामुखको शुभकामना सन्देशमा उल्लेख छ ।

सभामुख भण्डारीले जनअपेक्षा र जनचाहना अनुरुप राष्ट्रको विकास र आर्थिक तथा सामाजिक समृद्धिको लक्ष्य प्राप्तिका निम्ति साधनस्रोतहरुको अधिकतम उपयोग गर्दै आमजनतालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउदै स्वर्णिम भविष्य निर्माणको बाटोमा एकताबद्ध भई अगाडि बढ्नु सबैको साझा जिम्मेवारी भएको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

suv-copy