पथरी : पथरीशनिश्चरे नगरपालिका भित्र रहेका सहकारी कर्मचारीहरुको संगठन सहकारी कर्मचारी संगठनको नयाँ नेतृत्व चयन भएको छ । लर्डवुद्ध सहकारीका गणेश वाछाना राईका अध्यक्षतामा आइतवार पथरीमा नयाँ नेतृत्व चयन भएको हो ।

संगठनको उपाध्यक्षमा आरती सहकारीका मोहन श्रेष्ठ, सचिवमा मनकामना साकोसका कल्याण वजगाँई, सह–सचिवमा अग्रसर बचतका राजन वस्नेत र कोेषाध्यक्षमा तिरुपतीकी इन्दिरा वुडाथोकी रहेका छन् । सदस्यमा अष्टलक्ष्मीकी विमला घिमीरे, सिद्धेश्वरका तेजेन्द्र पाण्डे, विरेन्द्रनगरका पुण्यप्रसाद बराल र उत्साहीकि आइतकुमारी तुम्बापो चयन भएका हुन । पार्वता बूडाथोकी संयोजक र कविता मिश्र नेत्रप्रसाद भण्डारी सदस्य रहेको लेखा समिती समेत चयन गरिएको छ ।
नगरभित्रका ४१ सहकारीका १३० जना कर्मचारी सस्थाका सदस्य रहेका छन् । २०६४ सालमा स्थापना भएको संगठनले विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।