विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङमा कलर कोडेड सेवा प्रवाह कार्ड र कार्यालय भित्र इन्टरकम सेवाको शुभारम्भ भएको छ ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्ष(डिआइजी) केदार रिजालले आज जिल्ला प्रहरी कार्यालय मोरङमा एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरेका थिए । प्रमुख अतिथि रिजालले नागरिकलाई थप प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न यो सेवाले निकै सहजता हुने बताए । उनले नागरिक मैत्री कार्यक्रमहरुमा स्थानीय तहको सहकार्य र समन्वय भएमा समाजको विकृति तथा अपराध न्यूनिकरण भई समुन्नत समाज निर्माणमा टेवा पुग्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक(एसपी) मनोज कुमार केसीले सेवाग्राहीको अभिलेखीकरण, फरक(फरक रंग भएको सेवाग्राही सम्बन्धित शाखामा जान सजिलो हुने, फस्ट कम, फस्ट सर्भको अवधारणा अवलम्वन गरिएको र सेवाग्राहीले सेवा लिनको लागि अन्य व्यक्तिको साहारा लिन नपर्ने बताए । सामुदायिक सेवा केन्द्रका तर्फबाट आफ्नो मन्तब्य राख्दै सामुदायिक सेवा केन्द्र कंचनबारीका अध्यक्ष जगत दाहालले यो कार्यक्रमले प्रहरी सेवा प्रवाहमा थप गुणस्तरियता आउने आशा व्यक्त गरे ।

त्यस्तै विराटनगर महागरपालिका वडा नं ५ का अध्यक्ष मीन कुमार आचार्यले मोरङ प्रहरीले ल्याएको यस कार्यक्रमले आम जनतामा सेवा प्रवाहको स्तरलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । साथै उनले प्रहरी र स्थानीय जनप्रतिनिधि समन्वय र सहयोग गरेर अगाडी बढ्ने बताए । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहाल, विराटनगर महानगरपालिका वडा अध्यक्षहरु, सामुदायिक सेवा केन्द्र मोरङका अध्यक्ष तथा पदाधिकारीहरु, संचारकर्मी तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।