झापा: प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा आज नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले एक दिने मुटु रोग सम्बन्धिको स्वास्थ्य शिविरको आयोजना गरिरहेको छ ।

शिबिरमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला आएका छन् । डा. कोईरालालाई आफ्नो मुटु परिक्षण गराउन आज बिहानैदेखि विरामीहरुको लाम लागेको छ । काठमण्डौमा उपचार गराएका तथा भेट्दै आएका विरामीहरुले डा. कोईरालालाई दमकमै भेट्न पाउँदा हर्षित छन् । शिविरमा पुगेका विरामीहरुले धेरैजसो डा. कोइरालालाइ भेटन चाहेका छन् ।

57240665_292457051690313_46

आज अबेरसम्म नै स्वास्थ्य शिविर जारी रहने बताईएको छ । शिबिरमा इसिजि, इको, ल्याव लगायतका सेवाहरु उपलब्ध छ । शिबिरमा डा. कोईरालासँगै डा. सञ्जिव शर्मा लगायतका आधा दर्जनभन्दा बढि बिशेषज्ञहरुले सेवा दिईरहेका छन् ।