धरान:किरात राई चाम्लिङ खाम्बातिमको सुनसरी जिल्ला कार्यसमितिको तेस्रो अधिवेशन धरानमा शनिबार सम्पन्न भएको छ ।

धरान–१० स्थित यलम्बर संग्राहलयको सभाहलमा भएको अधिवेशनको बन्दसत्रले आशबहादुर राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता राई र केशवीर राई, सचिबमा लोकेन्द्र चाम्लिङ, सह–सचिब सचिन राई, कोषाध्यक्ष शिशिर राई र सह–कोषाध्यक्ष दिलकुमारी चाम्लिङ चयन भएको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष सुनिता राईले जानकारी दिइन् ।

उनका अनुसार समितिको सदस्यहरुमा भुपेन्द्र राई, जानकुमार राई, रेवत सिंह राई, गिता राई, जसराज राई, राजन चाम्लिङ, सन्त राई, कुमार राई, देबिका चाम्लिङ र अंगद राई चयन भएका छन् । कार्यक्रममा निवर्तमान सचिव बम प्रकाश राईले संस्थाको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष नविन राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । किरात राई चाम्लिङ खाम्बातीमका केन्द्रीय अध्यक्ष यूवराज राई प्रमुख अतिथी रहेको कार्यक्रममा किराया सुनसरी जिल्ला अध्यक्ष बलराम राई बिशेष अतिथि रहेका थिए ।