काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालमा अध्यक्षमण्डल खारेज गर्न माग उठेको छ ।

पार्टी पदाधिकारीको मंगलबार बसेको बैठकमा बोल्ने अधिकांशले अध्यक्षमण्डल खारेज गर्न माग गरेका हुन् ।

बैठकमा वरिष्ठ नेता, सहअध्यक्ष र उपाध्यक्षहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा नेताहरुद्वारा व्यक्त भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजपामा अध्यक्षमण्डलको प्रयोग असफल भएको छ । अध्यक्षमण्डलले पार्टीलाई प्रभावकारी रुपमा अघि बढाउन सकेन । त्यसैले अध्यक्षमण्डल खारेज गरी एकल नेतृत्वमा पार्टी जानुपर्छ ।’ –नागरिक दैनिकबाट