धरान: यही बैशाख १८ गते मनाउन लागिएको १ सय ३० औं मजदुर दिवस मनाउन जिफन्ट धरानले तयारी समिति निर्माण गरेको छ ।

बिहिबार धरानमा आयोजित भेलाले जिफन्ट धरान उपमहानगर अध्यक्ष समशेर वर्देवाको संयोजकत्वमा धरानस्थित विभिन्न घटकहरुको पदाधिकारीहरु सदस्य रहने गरि ४१ सदस्यीय मई दिवस तयारी समिति निर्माण गरेको हो । साथै भेलाले ९ सदस्यी सचिवालय र यामकला मगराति, मुक्तिनाथ गिरी सल्लाहकार बनाएको छ ।

जिफन्ट राष्टिङय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको विशेष उपस्थितिमा सम्पन्न भेलाले धरान उपमहानगरका कार्यबाहक प्रमुख मन्जु भण्डारीलाई कार्यक्रमको प्रमुख आतिथि बनाउने निर्णय गरेको छ । कार्यक्रममा सामाजिक सूरक्षा कार्यान्वयनलाई मुख्य एजेण्डा बनाएको छ । भेलाले धरानका श्रमिकहरुका समस्याहरुलाई सम्बोन गर्न नगरपालिकाले श्रम डेष्क वा श्रम समिति निर्माण गरेर मजदुरहरुका समस्याहरुलाई नगरपालिकाले सम्बोधन गर्नुपर्ने भेलाले निर्णय गरेको छ ।

भेलाले धरानमा रहेका अन्य विचारका टङेड युनियनहरुसंग समेत सहकार्य गर्दै मजदुर दिवसलाई संयुक्त रुपमा मनाउने समेत निर्णय गरेको छ । श्रमिक तथा रोजगारदाताहरुलाई आह्वान, सामाजिक सूरक्षामा सूचिकरण हाम्रो अभियान भन्ने नाराका साथ मनाउन लागिएको दिवसमा धरानका १ हजार ५ सय मजदुरहरुको प्रदर्शन गरिने भेलाले निर्णय गरेको छ ।