झापा : लायन्स क्लब दमक ग्रिनसिटिको पहिलो साधारणसभाले नया नेतृत्व सहित अन्य कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको छ ।

दमकमा बिहिबार साझ सम्पन्न पहिलो साधारण सभाले क्लब डाईरेक्टरमा देबेन्द्र भट्टराईलाई चयन गरेको छ । यस्तै प्रेसिडेन्टमा बिना शुब्बा, पहिलो भाईस प्रेसिडेन्टमा कुबेर भट्टराई, दोश्रो भाईस प्रेसिडेन्टमा सुनिल साह र तेश्रो भाईस प्रेसिडेन्टमा सिता पाठकलाई सर्बसम्मत रुपमा चयन गरेको हो ।

यसैगरि संयुक्त सचिवमा सुष्मा बस्नेत र संयुक्त महासचिवमा डा. मनोज महतो चयन हुनुभएको छ । यस्तै सचिवमा राकेश शाह र कोषध्यक्षमा तारकेश्वर यादव चयन हुनुभएको छ । त्यसैगरी मेम्बर चेयरपर्सनमा डा. गुरु मैनाली, क्लब प्रशासकमा डा. समिर भट्टराई, एलसिआई कोअर्डिनेटरमा डा. अनिल थापा, सर्भिस चेयरपर्सनमा सोभा क्षेत्री, कम्युनिकेसन अफिसरमा सुदिप अधिकारी, टेमरमा काजिमान बुढाथोकी र टेलिक्वोईस्टरमा श्रृजना राई चयन हुनुभएको छ । साधारण सभा क्लबका निवर्तमान प्रेसिडेन्ट देबेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।