धरान:नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर समितिको १३ औं अधिवेशनले कमल भट्टराईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

धरान १८ स्थित हरियाली सामुदायि वन समुहको हलमा शनिबार सम्पन्न १३ औं अधिवेशनले भटराईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बलबहादुर लिम्बु, सचिवमा विकेश श्रेष्ठ, सहसचिव तिर्थ दाहाल र कोषाध्यक्षमा रुद्र श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरुमा उमेश कुँवर, मनोज श्रेष्ठ, कृष्ण बुढाथोकी, उमेश बोहोरा, सन्तोष बस्नेत, विवेक राई, बिनोद ढकाल, मेखबहादुर राई, जिवन ठटाल र किरण थापा चयन भएका छन् ।

संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाको प्रमुख आतिथ्यमा अधिवेशन भएको थियो । अधिवेशन आयोजक समितिका संयोजक कमल भट्टराईले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रुद्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी बर्षसम्ममा ७ सय सदस्य संख्या बृद्धि गर्ने तथा ५ सय सदस्यको नवीकरण गर्ने लक्ष्य राखिएको अध्यक्ष भटराईले बताए । यस्तै, मजदुरहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, हिरासतमा रहेका मजदुरहरुको भत्ता वृद्धि लगायतको बिषयमा पनि अधिवेशनबाट निर्णय भएको उनले बताए ।

पत्रकार र मजदुरहरु सम्मानित

majdur-sangathan

संगठनको १३ औं अधिवेशनको उद्घाटन समारोहमा ३ जना पत्रकार र यातायात मजदुरहरुलाई सम्मान गरिएको थियो । संगठनले श्रमजिवि वर्गको पक्षमा निरन्तर कलम चलाएको भन्दै पत्रकारहरु रणध्वज लोहार, विकास चाम्लिङ र रोहित राईलाई नगदसहित सम्मान गरेको हो ।

यसैगरी, अनुशासित भएर सवारी चलाउने मजदुरहरु राम बिक,निरबहादुर राई, चिरञ्जिवि श्रेष्ठ, शेरबहादुर मगर, हर्बबहादुर राई र बुकिङ रमेश श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । साथै, यातायात क्षेत्रबाट हाल धरानका वडा नं १५ का अध्यक्ष बनेका नरेश इवारम र संगठनलाई सधै सहयोग गर्ने व्यवसायी भुपाल राईलाई पनि सम्मान गरिएको थियो ।

IMG_20190427_104833