धरान:पूर्वको पर्यटकीय क्षेत्र भेडेटारमा लायन्स क्लव धरान बुढासुब्बाले आफ्नो ७ औं शाखा सोमबार स्थापना गरेको छ ।

लायन्सको ७ औं शाखाको रुपमा लायन्स क्लव भेटेटार पाथीभारा स्थापना भएको हो । विष्णुराज श्रेष्ठको अध्यक्षतामा क्लवमा २२ सदस्यीय समिति गठन गरिएको लायन्स क्लव अफ धरान बुढासुब्बाकी अध्यक्ष शान्ति श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार क्लवको उपाध्यक्ष कुलबहादुर लिम्बू, सचिवमा जित राना मगर र कोषाध्यक्षमा रामकाजी गुरुङ चयन भएका छन् ।

सामाजिक सेवा गर्ने संस्था भएकोले गरिब दुःखी तथा कुनै विपत्ति भएमा लायन्सले स्वयम सेवकको रुपमा काम गर्ने उनले बताइन् । यसैगरी, आँखा शिविर तथा मृगौला रोगको परिक्षण लगायतको शिविरहरु आयोजना गरेर सामाजिक सेवा गर्ने उनको भनाइ थियो । लायन्सका डिस्ट्रीक गर्भनर अनन्त प्रसाद भेटवालको प्रमुख आतिथ्यतामा कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष शान्ति श्रेष्ठ गरेकी थिइन् ।