काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन गैह्रीधारामा रहेको सरकारी निवासबाट बुधबार लैनचौरस्थित उपराष्ट्रपति भवनमा सरेका छन् । उनी अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर उपराष्ट्रपति भवनमा सरेका हुन् ।

मन्त्रिपरिषदको गत भदौ २१ गतेको बैठकले समाज कल्याण परिषदको कार्यालय भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवास बनाउने निर्णय गरेको थियो ।

लैनचौरको उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ । सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपति त्यहाँ सरेका हुन् । –नागरिक दैनिकबाट