धरान(डेस्क) : मे मेजरमेन्ट मन्थ अर्थात रक्तचाप मापन अन्तराष्ट्रिय अभियानको अवसरमा १ नम्बर प्रदेशमा बिशेष कार्यक्रम गरि बुधबारबाट शुभारम्भ गरिएको छ । उक्त अभियान मे १ देखि मे ३० तारिकसम्म सञ्चालन हुनेछ भने यो अभियान विश्वभरी सञ्चलान भएको छ ।

१ नम्बर प्रदेशका प्रदेशसंयोजक डा. सूर्य पराजुली लगायतको टिमले बुधबार प्रदेश अन्तर्गत विभिन्न जिल्ला र ठाउँहरुमा रहेर संयोजन गर्ने साईट संयोजकहरुलाई यो अन्र्तराष्ट्रिय अभियानको उद्देश्य र सहभागीहरुले गर्नुपर्ने क्रियाकलापहरुको बारेमा बताए । आजको प्रशिक्षणमा उच्च रक्तचाप के हो ? रक्तचाप कसरी नाप्ने ? आदि विषयमा छलफल पनि भएको थियो ।
कार्यक्रममा चिकित्सक, जनस्वास्थ्यविज्ञ, नर्सिंगविज्ञ, सञ्चारकर्मी, स्वास्थ्य प्रशासक, अनुसन्धानकर्ता र स्वास्थ्यका विविध विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरुगरि करिब २५ जनाको सहभागिता रहेको थियो ।

यसैगरी कार्यक्रममा उदिप यादव, इलिजा खतिवडा,चन्द ईराकी, महबुब ईराकी, डा. पार्थ गुरागाई, रक्षा थापा, अन्जली मिश्रा, समिर दहाल, मिलन अधिकारी, कुन्दन श्रीवास्तव, दिग्या ज्ञवाली, पेरिशा लुइँटेल, संजना पोखरेल, रुषा उपाध्याय, राजा बाबु गुप्ता, हीरा केसी आदिको सहभागिता रहेको थियो ।

यस्तै विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सामुदायिक अनुसन्धान तथा विकास कार्यक्रम विभाग अन्तर्गत भएको कार्यक्रममा अस्पताल व्यवस्थापक अरविन्द मण्डलको पनि सहभागिता रहेको थियो ।
यसैगरी विराट मेडिकल कलेजका अध्क्षय डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । नेपालका राष्ट्रिय संयोजक हरिकृष्ण भट्टराईले कार्यक्रमलाई सबै जिल्लामा विस्तारित गर्दै जनचेतना अभियानलाई अझ सशक्त बनाउँदै लगिने शुभकामना व्यक्त गरेका १ नम्बर प्रदेशका व्यवस्थापक होम पराजुलीले जानकारी दिए ।