सुनसरी: लियो क्लब अफ इटहरी सुनसरीद्वारा आयोजित इन्टर सोसियल क्लब क्विज मेनिया सिजन २ सम्पन्न भएको छ ।

इटहरीको विश्व आदर्श एकेडेमीमा सम्पन्न उक्त हाजिरीजवाफ प्रतियोगितामा लियो क्लब अफ धरान घोपा युनाइटेड प्रथम भएको छ । प्रथम हुने टिममा लियो युकेस कुसि, लियो आशिष् भन्डारी र लियो मिरा आचार्य थिए । यस्तै, ट्विटेरियन सोसाइटी दोस्रो भएको छ । दोस्रो हुने समुहमा चिरञ्जीवी खतिवडा, शेखर खतिवडा र बिनिता रेग्मी थिए भने रोटर्याक्ट क्लब अफ इटहरी तृतीय भएको छ । यसैगरी दर्शकमध्ये सबै भन्दा धेरै उत्तर दिने पुरस्कार लियो क्लब अफ धरान घोपा युनाइटेडका लियो शुभम कुमार अग्रवालले पाएका थिए ।

वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले लायन्स क्लब अफ बिराटनगर युनाइटेडको सहयोगमा लियो क्लब अफ धरान घोपा युनाइटेड एक साताअघि मात्र गठन गरेका थिए । कार्यक्रममा रोटर्याक्ट क्लब अफ इटहरी, लियो क्लब अफ दन्तकाली धरान, ट्विटेरियन सोसाइटी, युथ डेभलपमेन्ट सेन्टर, जुनियर जयसी, लियो क्लब अफ इटहरी स्मार्ट सिटि, लियो क्लब अफ धरान घोपा युनाइटेडलगायत सहभागी थियो ।

कार्यक्रम इटहरी सुनसरी लायन्स क्लबका अध्यक्ष देवी गौतमको प्रमुख आतिथ्यमा भएको थियो । सामाजिक छेत्रमा क्रियाशिल धरान, इटहरी र बिराटनगरका संघसंस्थाहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिदै आएको क्विज मास्टर लियो नवराज खड्काले बताए ।