धरान: संघीय समाजवादी फोरम प्रदेश नम्बर १ को अध्यक्षमा प्रबिण चाम्लिङ निर्वाचित भएका छन् ।

बिराटनगरमा सम्पन्न प्रथम अधिवेशनले चाम्लिङलाई प्रदेश अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षमा प्रबिण चाम्लिङ र भुराज राई बीच प्रतिस्पर्धा भएको थियो । कुल ४६० प्रतिनिधि रहेकोमा ४०७ मत खसेको थियो । खसेको मतमध्ये प्रबिण चाम्लिङको पक्षमा २०६ मत थियो भने भुराज राईको पक्षमा १९३ मत खसेको थियो ।

अन्य ५१ जना सदस्य समेत चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् । सर्वसम्मत हुन नसकेपछि १६ गते बन्द सत्र शुरु भएर आज मात्र मतपरिणाम आएको हो । समितिमा ५१ जना निर्वाचित पछि छुटेका कलस्टरबाट २५ प्रतिशत मनोनीत गर्ने प्रावधान रहेको छ।