इटहरी:नेपाल आयुर्वेद व्यवसायी संघ प्रदेश १ मा जगत बहादुर भट्टराई निर्वाचित भएका छन् ।

सोमबार साँझ इटहरीमा भएको मतदानमा भट्टराईले कुल ९२ मत मध्ये ४३ मत प्राप्त गरी बिजयी भएका हुन् । उनीका प्रतिष्पर्धी युवराज भट्टराईले २१ र महेश थापाले १८ मत मात्र प्राप्त गरे । त्यस्तै महिला उपाध्यक्षमा निता विश्वकर्मा निर्वाचित भईन् । सचिवमा जीपी तिवारी निर्विरोध निर्वाचित भएका थिए ।

सह–सचिवमा ओम प्रकाश मैनाली र तीर्थराज अधिकारीबीच प्रतिष्पर्धा हुँदा अधिकारी बिजयी हुँदा कोषाध्यक्षमा बिनोद बस्नेत निर्विरोध निर्वाचित भए । अध्यक्षसहित १७ सदस्यीय समितिमा बनेको उक्त संघको पहिलो अधिबेशनले नयाँ कार्यसमिति चुनेको हो । आयुर्वेदिक व्यवसायी संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीको अध्यक्षमा भएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रेम प्रकाश उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।