सुनसरी: सुनसरीको ईनरुवा नगरपालिका १ मा रहेको चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा गएराती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् ।

अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर चोरी गरेको हो । अफिसमा रहेको करिब ५५ हजार बराबरको कम्प्युटर १ थान र डिजे साउण्डबक्स चोरी गरी अफिस कोठामा आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीबाट अफिस कोठामा भएको पुस्तकहरु, रोष्टम, फायल, खेलकुद सामाग्रीहरू जलेर नष्ट भएको छ । प्रहरीका अनुसार करिब ४४ हजार मूल्य बराबरको क्षति भएको छ । घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।