इनरुवा:सुनसरी सदरमुकाम इनरुवामा कर्मचारी मिलन केन्द्र सुनसरीले आफ्नो नयाँ वर्षको क्यालेण्डर विमोचन गरेको छ ।

बुधबार केन्द्रले जिल्लाका सरोकारबालाहरुको बीचमा आफ्नो नयाँ वर्षको क्यालेण्डर विमोचन गरेको हो । एक कार्यक्रमबीच सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले क्यालेण्डर विमोचन गरेका थिए । सुनसरीको विभिन्न स्थानको जानकारीसहित र सूचना सन्देश क्यालेण्डरमा समावेस भएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष निलकमल सिंहले बताए ।

विमोचन कार्यक्रममा नेपाल विधुत प्राधिकरण इनरुवा शाखा प्रमुख संजिव शाह, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्का, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, भोक्राहा नरसिंहका वडा अध्यक्ष हात्तिम अंसारी , नेकपाका गोविन्द निरौला, खेमराज पोखरेल , राजपाका गौरीदेवी महतो लगायतको उपस्थिती रहेको थियो ।