धरान: धरान उपमहानगपालिकाको सामाजिक विकास महाशाखाले प्रारम्भिक वालविकास केन्द्रका शिक्षकहरुको आधारभुत तालिम शुरु गरेको छ ।

धरान–१२ स्थित पब्लिक माविको सभाहलमा बुधबारदेखि शुरु भएको तालिमको उद्घाटन धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले गरेकी थिइन् । तालिममा धरानका वालविकास केन्द्र र सामुदायीक विद्यालयका २२ जना शिक्षक तथा शिक्षिकाहरु सहभागी छन् । जेठ २ गतेसम्म सञ्चालन हुने तालिमको सहजीकरण खोजकर्ता खगेन्द्र पोख्रेलले गरिरहेका छन् ।

वालशिक्षा सम्बन्धिका सैदान्तिक तथा व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको सामाजिक विकास समितिको संयोजक एबंम धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लले बताए । ‘बच्चाहरुको व्यवहार, मनोविज्ञान अनुसार सिकाउनु पर्यो, त्यसको लागि उनहीरुलाई सैदान्तिक र व्याहारिक ज्ञानको लागि तालिमको आयोजना गरेका हौ,’उनले भने,‘शिक्षक तथा शिक्षिकाहरुले त्यो सिकाउने विधि सिकेपछि बच्चाहरुलाई सिकाउन सहज हुन्छ ।’