धरान: धरानका सक्रिय युवा पत्रकार रत्नप्रसाद आचार्य र युवा होटल व्यवसायी प्रमेश श्रेष्ठ सम्मानित भएका छन् ।

दुवैलाई आआफ्नो पेशा एवं क्षेत्रमा योगदान पुर्याएको कदर स्वरुप धरान होट एशोसिएशनले सम्मानित गरेको हो । आज शनिबार तीन दिने सडक उत्सवको उद्घाटन समारोहमा पत्रकार आचार्य र होटल व्यवसायी श्रेष्ठलाई सम्मान गरिएको थियो । दुवैलाई कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी र संघका अध्यक्ष सरोज भटराईले सम्मान पत्र, खादा ओढाएर सम्मान गरेका थिए ।

IMG_20190511_183946

पत्रकारितामार्फत आर्थिक विकास, पर्यटनमा योगदान पुर्याएको भन्दै पत्रकार आचार्यलाई नगदसहित सम्मान गरेको हो । उनलाई नगद ५ हजार ५ सय रुपैयासहित सम्मान गरिएको थियो । पत्रकार आचार्यले आफुले पाएको नगद तत्कालै दृष्टिविहिन विद्यार्थी रविन जिमीलाई गीत रेडर्क गर्न सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । पत्रकार आचार्य अन्नपुर्ण पोष्टमा कार्यरत छन् ।

यस्तै, होटल एशोसिएशनका पुर्वअध्यक्ष श्रेष्ठलाई पनि बिशेष सम्मान गरिएको थियो । उनले २०६६ देखि ०६८ सालसम्म अध्यक्ष रहेर एशोसिएशनको कुशल नेतृत्व गरेका थिए । उनको देशीलाइनमा होटल नवयुग छ । होटल व्यवसाय तथा एशोसिएशनको संस्थागत विकासमा पुर्याएको योगदान स्वरुप श्रेष्ठलाई सम्मान गरिएको हो ।

IMG_20190511_182314 IMG_20190511_183628