झापा: झापाको कन्काई नगरपालिकास्थित माई खोलाकको पुलमा आज बिहान भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

पुलनजिकै आइतबार बिहानै स्थानीयबासी मर्निङ वाक जादा उक्त वस्तु देखेका थिए । स्थानीयले नै प्रहरीमा खबर गरेपछि प्रहरी पुगेको थियो । उक्त शंकास्पद बस्तुलाई चारआलीबाट आएको सेनाको डिस्पोज टोलीले डिस्पोज गरेको थियो । शंकास्पद बस्तु भेटिएपछि आज बिहानै ६ बजेदेखि उक्त बाटोमा यातायात अवरुद्ध भएको थियो । डिस्पोज भएपछि अहिले यातायात सुचारु भइसकेको छ ।

प्रहरी स्रोतका अनुसार शंकास्पद बस्तु टाइम बम बताइएको छ । तर, औपचारिकरुपमा प्रहरीले बताएको छैन । शंकास्पद वस्तु राखिएको क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा भेटिएको छ । त्यसैले उक्त समुहले नै राखेको अनुमान गरिएको छ ।